• Tuesday 20th of October 2026

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको कोठामा युनिभर्सिटी भागबन्डाको विषयमा मात्रै कुरा हुन्छ : गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षामा राजनीतिकरण गर्न नहुने बताएका छन्। संवाद यात्राको क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा छलफलको क्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको कोठामा युनिभर्सिटीमा दलीय भागबन्डाको विषयमा मात्रै कुरा हुने बताए।

उनले भने- ‘शिक्षाको दलिय र पार्टीकरण गर्न हुँदैन। शिक्षाको राजनीतिकरण भनेको चाहिँ नेपालको प्रधानमन्त्री वा सरकारका सबै जिम्मेवारीमा रहेका ठूला नेताहरुले कोठाभित्र बसेर गर्ने छलफलमध्येको एउटा छलफल शिक्षा क्षेत्र भयो भने पो त्यसको रिजल्ट आउँछ। कोठाभित्र छलफल भइहाल्यो भनेपनि युनिभर्सिटीको भागबन्डाको विषयमा हुन्छ। जो सरकारमा छ त्यो दलकै हुन्छ। त्रिभुवन विश्वविद्यालयको विषयमा प्रधानमन्त्रीसँग त्यत्रो कोशिस गरेको भागबन्डा नगर नगर भनेर लहै भनेपछि अझै शंका गर्ने सुविधा दिऔं राम्रो गर्ने कोसिस गरिराख्नुभएको छ भन्ने कुरा हो। तर, परबाट हेर्दै चिनिन्छ यो विश्वविद्यालयमा यो दलको भन्ने। यो दलीयकरण हामीले रोक्ने हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖