• Tuesday 20th of October 2026

रास्वपाले मिलन लिम्बुलाई उम्मेद्वार बनाएपछि बिडारीको टिप्पणी : रास्वपाले ल्याईतेलाई खुशी पार्यो


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले राष्ट्रिय राजनीतिमा आफूहरुले सबै दलसँग सहकार्य गर्ने बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै अहिलेको सत्ता सहकार्य गठबन्धन नभएको स्पष्ट पारेका छन् । उनले आफूहरु एमालेको पछि नलागेको टिप्पणी गरे ।

आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘हामीलाई केपी शर्मा ओलीजीपनि चाहिन्छ, देउवाजी पनि चाहिन्छ । सबै चाहिन्छ । रविजी त चाहिने भयो भने अनि अरु नेता नचाहिने भन्न हुन्छ र ? राष्ट्रिय राजनीति गर्नको निम्ति सबै चाहिन्छ नि ।’ उनले बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा माओवादीले पनि उम्मेद्वार दिने घोषणा गरे ।

रवि लामिछाने नेतृत्वको रास्वपाले इलाम–२ को उपनिर्वाचनमा माओवादीमा रहेका मिलन लिम्बुलाई उम्मेद्वार बनाएको विषयमा बिडारीले रास्वपाले टिट फर ट्याट गरेको टिप्पणी गरे । उनले भने,‘माओवादी पार्टीका क्याडरहरु यताउता लागेर नै माओवादी पार्टी कमजोर भएको हो नि । नत्र त माओवादी त शक्तिशाली होईन र ? यहाँको व्यवस्था नै परिवर्तन गरिदिएको होईन र ? अहिले त कोही कांग्रेस, कोही एमाले र कोही राप्रपा भएर नै हाम्रो पार्टीलाई अप्ठ्यारो परेको हो ।’

पत्रकार धमलाले माओवादी छोडेका मिलन लिम्बुलाई चाहीँ रास्वपाले किन उम्मेद्वार बनायो भनेर सोधेको अर्को प्रश्नमा बिडारीले रास्वपाले टिट फर ट्याट गरेको जवाफ फर्काए । उनले भने,‘प्रतिष्पर्धी र क्षमतावान गर्नसक्ने पार्टी रहेछ त्यो, प्रतिष्पर्धी पार्टीले गर्ने नै त्यही हो । त्यहाँ राप्रपाले जित्दैन् । राप्रपाले नजित्ने भएपछि बाहिरबाट आएको मान्छेलाई खुशी पार्नुपर्यो । त्यसकारणले अब ल्याईतेलाई खुशी पार्या ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖