• Tuesday 20th of October 2026

त्रिविमा उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा चैत २१ मा


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ चैत । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय कोड नं। ४२२ र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय कोड नं। ४१२ का उत्तरपुस्तिका हराएपछि चैत २१ गते पुनः परीक्षान लिने भएको छ ।

त्रिविले आज एक सूचना जारी गर्दै हराएका उत्तरपुस्तिकाहरुको नयाँ परीक्षा लिन लागेको जानकारी गराएको छ । त्रिविले बिहीबार उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा।डा। चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय एक उच्चस्तरीय समिति गठन समेत गरेको थियो ।

२०८० वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य (४२२) र शिक्षाको आधार विषय (४१२) को परीक्षा दिएका केही विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖