• Tuesday 20th of October 2026

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रवार गुरुङको निलम्बन फुकुवा गरेको हो । सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिए ।

आफूलाई निलम्बन गर्ने संसद् सचिवालयको निर्णयविरुद्ध गुरुङ गत फागुन २१ गते सर्वोच्च गएका थिए ।२०७९ मंसिरको चुनावमा गुरुङ मनाङबाट निर्वाचित भएका थिए ।

भ्रष्टाचार मुद्दामा गुरुङ २०७९ पुस १२ गतेदेखि गुरुङ निलम्बनमा परेका थिए । समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा लागेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖