• Tuesday 20th of October 2026

देउवाले प्रधानमन्त्री प्रचण्ड भेटेकै बेलामा गगनको दाबी : केही समयमै कांग्रेस सरकारमा फर्किन्छ


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले अहिले पार्टी सरकारबाट बाहिर रहेको भएपनि केही समयमै सरकारमा फर्किने दाबी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँगको सहकार्य थालेपछि कांग्रेस सरकारबाट बाहिर गएको अवस्थामा थापाले यस्तो दाबी गरेका हुन् ।

आज (शुक्रबार) ‘समुदायमा कांग्रेस अभियान’अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले सरकारले केही समयमा कांग्रेसलाई पच्छाइहाल्ने टिप्पणी गरे ।

कांग्रेस र माओवादीको सत्ता सहकार्य तोडिएपछि पछिल्ला दुई दिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग घण्टौं लामो गोप्य भेटवार्ता गरेको सन्दर्भमा थापाले यस्तो सार्वजनिक अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖