• Tuesday 20th of October 2026

इलाम पुगेर रास्वपाले घोषणा गर्‍यो मिलन लिम्बूलाई उम्मेदवार


  • धनकुटा खबर
  • .

सभापति रवि लामिछानेसहित इलाम पुगेर रास्वपाले मिलन लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको छ।

शनिबार इलाममा कार्यक्रम गरी रास्वपाले लिम्बूलाई आगामी उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको हो।

उम्मेदवार घोषणापछि सभापति रवि लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए।

उम्मेदवारी घोषणा कार्यक्रमका लागि सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका थिए।

इलाम २ मा वैशाख १५ गते प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ। यहाँ एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ।

रास्वपाले भने प्राइमरी इलेक्सनबाट लिम्बूलाई उम्मेदवार बनाएको दाबी गरेको छ।

लिम्बू यसअघि पत्रकार थिए। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए। तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖