काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १५ मा इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेश सभा-१ मा हुने उपचुनावमा एमाले विजयी हुने बताउनुभएकाे छ ।
नेकपा एमालेको बझाङ प्रदेश सभा क्षेत्र नम्बर-१ को उपनिर्वाचन विशेष भेलालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले ती दुवै ठाउँमा एमालेले जित्ने बताउनुभयाे ।
एकताबद्ध भएर चुनावी अभियानमा लाग्न पनि अध्यक्ष ओलीले सबैलाई आग्रह गर्नुभयाे ।
