• Tuesday 20th of October 2026

प्रचण्ड, ओली र देउवाबीच नयाँ सत्ता समीकरण बनेपछि बालुवाटारमा पहिलो पटक भेट


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल गर्न प्रचण्डले ओली र देउवालाई सँगै बोलाएका हुन् ।

नयाँ सत्ता समीकरण बनेपछि ओली र देउवा एकै पटक बालुवाटार पुगेको यो पहिलो हो । यसअघि ओली र देउवासँग प्रचण्डले बेग्लाबेग्लै छलफल गरेका थिए ।

बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा पनि हुने जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖