काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्न आग्रह गरेको दाबी गरेका छन्।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनुभएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको’, उनले भने, ‘यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’
तर, गृहमन्त्री रवि लामिछानेले रोक्ने प्रयास गरेर जनतालाई नै सोधेर गर्ने पनि बताए । उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती दिए । गृहमन्त्रीले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ हुने पनि बताए ।
