• Tuesday 20th of October 2026

दुर्गा प्रसाईले दिए सर्वोच्च अदालतलाई धन्यवाद


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको भन्दै न्यायलयप्रति धन्यवाद व्यक्त गरेका छन् ।

आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईले ढिलै भएपनि न्याय मिलेकोमा खुशी व्यक्त गरे ।

उनले भने,‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो, न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ।

न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖