• Wednesday 21st of October 2026

कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाऔँ : एमाले सचेतक बर्तौला


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडी नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरे।

उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने माग गरे। ‘कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको छ। सरकारमा हुँदा जनताहरू सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देख्न थाल्यो।’ उनले भने।

कांग्रेसले संसदको स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद् अवरुद्ध गरेको प्रमुख सचेतक बर्तौलाको तर्क थियो।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖