• Wednesday 21st of October 2026

आलोपालो प्रधानमन्त्रीबारे बोले शंकर पोख्रेल


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूहरु सत्ताको लागि लालायित नभएको बताएका छन् । उनले भने,‘हामी मुलुक बनाउनको लागि मिलेर काम गर्न तयार नै छौं । हामी सत्ताका लागि लालायित छैनौं । अहिलेपनि हाम्रो लागि सत्ता प्राथमिकता होईन । मुलुकलाई सही बाटोमा डोर्याउने काम हाम्रो प्राथमिकता भनेका छौं । अहिले पनि हामीले नयाँ सत्ता समिकरण गर्दाखेरि फलानो महत्वपूर्ण मन्त्तालय चाहिन्छ भनेर दाबी गरेनौं । मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोर्याउने नै हाम्रो प्राथमिकताको विषय हो । नीतिगत हस्तक्षेप प्राथमिकताको विषय हो ।’

भोलिबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारीको सन्दर्भमा जानकारी दिन आयोजित पार्टी कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेले एमालेको लागि सत्ता प्राथमिकताको विषय नभएको जिकिर गरेका हुन् । उनले सरकारको नेतृत्वमा आलोपालोको विषयमा पनि वर्तमान सरकारले राम्रो काम गरे निरन्तरता दिन तयार रहेको स्पष्ट पारे ।

उनले भने,‘कतिपयले सोध्ने गरेका छन्, आलोपालो भनेर सोध्ने गर्दछन् । हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौं भनिराखेका छौं । किनकी हाम्रो चिन्ता मुलुक र जनताप्रति हो । राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौं ।’ उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आउँदा नेपाली कांग्रेससँग मिलेर काम गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖