• Wednesday 21st of October 2026

सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतको थुनछेक आदेशअनुसार दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापा मगर र रोशनी गुरुङ धरौटीमा रिहा भएका हुन् ।

तर, अदालतबाट माग भएबमोजिमको दीपेश कुमार पुन र नवीन अछामीले भने सो समाचार तयार पार्दासम्म धरौटी नबुझाएपछि थुनामै छन् । अदालतले पुन र अछामीसँग क्रमशः ४ लाख र १० लाख धरौटी माग गरेको छ ।

यस्तै रिहा भएकाहरु पाण्डेसँग १८ लाख, न्यौपानेसँग ४ लाख ४५ हजार, थापा मगर र गुरुङसँग २–२ लाख रुपैयाँ धरौटी माग भएको थियो । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा हुन् ।

न्यायाधीश डा‍‍ दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो । ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।

सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖