• Wednesday 21st of October 2026

भीम रावलको प्रश्न : दुई वटा राहदानी र नागरिकता हुने व्यक्ति देशको गृहमन्त्री हुन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाईएकोमा आपत्ति प्रकट गरेका छन् ।

उनले भने,‘दुई वटा राहदानी र नागरिकता हुने मान्छे देशको गृहमन्त्री हुन्छ ? बन्न पाईन्छ ?’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिनुभएको छ अनि बचाउ गर्नुभएको छ नि ? तपाईंले किन विरोध गर्नुभएको भनेर सोधेको प्रश्नमा नेता रावलले भने–‘देशको कुनै एउटा नागरिकले दुई वटा नागरिकता र दुई वटा राहदानी लिन पाईन्छ ?

कानूनले त्यो दिन्छ ? यो गलत हो भनेर मैले भन्न नपाउने ? अनि यो भन्दा केपी ओलीजीको विरोध हुन्छ ? त्यसो भए यो देशका ठूला ठूला नेताले एउटा घोषणा गर्नुपर्यो, यो नेपालको संविधान अनि कानून यो सामान्य जनतालाई मात्रै लागु हुन्छ, केही अमुक अमुक फलाना व्यक्तिलाई अबदेखि लागु हुनेछैन् । पास गर्नुहोस न त संसद्बाट, त्यतिबेला म सोचौंला ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖