• Wednesday 21st of October 2026

सुहाङ जिताउन दोस्रो पटक इलाम जाँदै ओली


  • धनकुटा खबर
  • .

काठमाडौं,११ वैशाख । वैशाख १५ हुने उपनिर्वाचनमा आफ्नो पक्षमा जित निकाल्न सबै राजनीतिक दलका नेताहरु उपनिर्वाचन केन्द्रीत भईरहेका छन् ।

वैशाख १५ गते प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बार २ र प्रदेश सभाको बझाङ (ख) मा उपनिर्वाचन हुँदैछ । इलाम २ को निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न सत्तारुढ दल नेकपा एमाले र रास्वपासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमसम्म लागिपरेका छन् ।

इलाम २ बाट निर्वाचित एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपचुनावमा एमालेले सुवासपुत्र सुहाङलाई मैदान उतार्दा कांग्रेसले गत वर्ष पराजित डम्बर खड्कालाई मैदानमा पठाउँदा रास्वपाले हालै माओवादी त्यागेका पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । यता पहिचानवादीका तर्फबाट थेगिम साझा उम्मेदवार छन् ।

आ-आफ्ना दलका उम्मेदवारलाई जिताउन सबै दलका शीर्ष नेताहरु इलाम केन्द्रीत बनिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली पनि दोस्रो पटक इलाम जाँदैछन् । गत सातामात्रै इलाम पुगेर फर्किएका ओली बुधबार पुनः इलाम जाने तयारीमा छन् । भोलि एमालेले चुलाचुलीमा वृहत आमसभा गर्ने तयारी गरेको छ । सो कार्यक्रमलाई ओलीलगायतका एमालेका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖