• Wednesday 21st of October 2026

बझाङ प्रदेशसभा १ का एमाले उम्मेदवार भण्डारीलाई पितृशोक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) बाजुरा जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ । उनका बुवा बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं. १, भण्डारीगाउँ निवासी चक्र भण्डारीको मंगलबार असामयिक निधन भएको हो ।

बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा दमन बझाङ प्रदेशसभा १ मा उम्मेदवार छन् । बुबाको निधनसँगै दमनको निर्वाचन प्रचारको काममा केही व्यवधान हुन गएको एमालेले जनाएको छ । यस विषम् परिस्थितिमा चुनाव प्रचार–प्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चक्रको निधनप्रति दुःख व्यक्त गर्दै एमालेले शोकाकुल परिवारमा समवेदना प्रकट पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖