• Thursday 22nd of October 2026

नेपालको पाँचौं विकेट गुम्यो


  • धनकुटा खबर
  • .

१६ वैशाख, काठमाडौं । त्रिवि मैदान कीर्तिपुरमा जारी टी–२० क्रिकेटमा वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालको पाँचौं विकेट गुमेको छ ।

८.२ ओभरमा गुल्शन झा बोल्ड आउट भएका हुन् । दुई छक्का र तीन चौकासहित ११ बलमा २६ रन जोड्दै झा आउट भए ।

लगातार विकेट गुमिरहँदा नेपाल दबाबमा परेको छ । यसअघि नेपालका लोकेश बम, कुशल भुर्तेल, अनिल साह र कुशल मल्ल आउट भएका छन् ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा पाँच विकेट गुमाएर ६७ रन बनाएको छ ।क्रिजमा कप्तान रोहितकुमार पौडेल र आरिफ सेख क्रिजमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖