• Saturday 24th of October 2026

नेपाल प्रहरीका ९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका ९ जना प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दारमा बढुवा सिफारिस गरिएको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, संगित उपसमूहतर्फका उनीहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖