• Friday 23rd of October 2026

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

भारत अधीनस्थ रहेका कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसदले अनुमोदन गरेको थियो ।

तर, सयको नोटमा नेपालको नक्सा पुरानै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖