• Friday 23rd of October 2026

काठमाडौंमा वर्षा, एयरपोर्टमा बाढी


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको टर्मिनलमा बुधबार भएको वर्षका कारण लेदो सहितको भल पस्दा यात्रु तथा कर्मचारीले सास्ती खेप्नु परेको छ।

बुधबार १ बजेतिर परेको वर्षका कारण विमानस्थलको बोर्डिङ पास लिएर ह्यान्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको थियो।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार यो दुई भवन (पुरानो र नयाँ) जोडिएको स्थान हो। यहाँको १० फिट भित्रैको स्थानमा पहिले ओरालो, त्यसपछि सम्म र फेरी ओरालो स्थान छ। यही ठाउँमा जमेको पानी निस्किने ठाउँ नभएपछि यात्रु तथा कर्मचारीहरूलाई केही समय समस्या भएको उनले बताए।

भलका कारण करिब ५/७ मिनेट यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान अवतरण तथा अन्य काममा भने असर नपरेको उनले जनाए। यस स्थानमा नयाँ टर्मिनल बन्नु अगाडिकै ड्रेनेज रहेको र उक्त संरचनामा पानी थुनिएका कारण भित्र चुहिने हुने पुगेको उनको भनाइ छ।

विमानस्थलमा यो समस्या नयाँ भने होइन, यसअघि पनि यही समस्या दुई/तीन पटक भइसेकाे छ। ‘यस्तो पहिला पनि भएको थियो, हामीले यसको समाधान खोजी रहेको छौं’ याे गम्भीर समस्या होइन, सामान्य नै हो, अहिले पानी सबै फालिसेकेका छाैँ, यात्रा सहज भएको छ।’ प्रवक्ता झाले भने।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖