• Friday 23rd of October 2026

सन्दीप लामिछाने समर्थकले यसरी गरे माइतीघरमा प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् ।

‘सन्दीपलाई न्याय दे’ जस्ता नारा लगाउँदै स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हो । सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म र्‍याली समेत निकालेका थिए ।

उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् । यसअघि मंगलबार लामिछानेले आफूलाई फसाइएको दाबी गर्दै वक्तव्यबाजी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖