• Friday 23rd of October 2026

दुवै जसपाको बैठक काठमाडौँमा जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को छुट्टा–छुट्टै बैठक बसिरहेको छ ।

जसपा नेपालको बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा जारी छ भने जसपाको बैठक बसेर होटलमा चलिरहेको छ ।

पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्ने र अगामी कार्यनीतिको विषयमा छलफल गर्न जसपा नेपालका अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । बैठकमा नेताहरूले पार्टी विभाजनको समीक्षा गरिरहेका छन् ।

यस्तै राई नेतृत्वको जसपाको पदाधिकारीको बैठकले अगामी रणनीतिको बारेमा छलफल गरिरहेको छ ।

जसपा नेपालका अध्यक्ष यादवले निर्वाचन आयोगले पार्टी दर्ताको मान्यता दिएको विरुद्धमा अदालत जाने घोषणा गरेका छन् । त्यसको बचाउमा पनि जसपा लागेको छ । जसपाले पनि कानुनी परामर्श सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖