• Friday 23rd of October 2026

मुख्यमन्त्रीको दाबी पेश गर्न हिक्मत पुगे प्रदेश प्रमुखकहाँ, रिट हाल्न केदार हिँडे काठमाडौ


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ वैशाख । कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्ने भएका छन्।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी यी दुई दलको छ।

कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने, सांसदहरुको सनाखत गर्ने, मुख्यमन्त्री नियुक्त गर्ने, शपथ गराउनेदेखि नयाँ मुख्यमन्त्रीको पदबहालीसम्मको काम आजै टुंग्याउने तयारी छ।

एमाले प्रदेश संसदीय दलका नेता कार्की मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुग्दानपुग्दै निवर्तमान मुख्यमन्त्री केदार कार्की भने अदालत जाने भएका छन् ।

कार्कीले आजै सरकार गठन प्रक्रिया रोक्न माग लिएर सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् । यसका लागि उनी काठमाडौं आईसकेका छन् । उनले आजै सर्वोच्चमा रिट दायर गर्नेछन् । उनले आफूलाई असम्बैधानिक रुपमा मुख्यमन्त्रीबाट पदमुक्त गरिएको दाबी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖