• Friday 23rd of October 2026

अशोक राईले भने- उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं


  • धनकुटा खबर
  • .

काठमाडौं। जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुन हुँदैन भनेर नयाँ दल बनाएको बताएका छन्।

बिहीवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन्। उनले आफूहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए ।

राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउँदै पारदर्शिता समेत नहुने गरेको बताए। उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफूहरुले यस्तो कदम चालेको बताए।

अमेरिका जानुअघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ। उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖