• Friday 23rd of October 2026

तारले रुखमा बाँधेर जलाएको अवस्थामा भेटियो युवकको शव


  • धनकुटा खबर
  • .

काठमाडौँ। काभ्रेको पाँचखालमा रुखमा तारले बाँधेर जलाइएको अवस्थामा एक युवकको शव भेटिएको छ।
पाँचखाल नगरपालिका- ४ मा फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चा जंगलको एकान्त स्थलमा हत्या गरेर जलाएको अवस्थामा झन्डै २५ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

शवको पहिचान हुन सकेको छैन। शवको प्रकृति हेर्दा झन्डै २५ वर्ष जति उमेरको पुरुषको भएको अनुमान गरिएको छ। घटनास्थलमा कुकुरसहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖