• Friday 23rd of October 2026

नोट प्रकरणमा ओलीको प्रश्न : राष्ट्रपतिको आवाज हो कि होइन ?


  • धनकुटा खबर
  • .

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकारमाथि प्रश्न उठाएका छन् ।

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयबारे राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको उनले बताए ।

नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेपछि नेपालले त्यसविरुद्धको अभिव्यक्ति दिएका थिए ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले यो विषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताए । ‘राष्ट्रपतिजीले सुन्नु भएको छ कि छैन ? छैन भन्ने यही भनाइबाट सुन्नुस्’ राष्ट्रपतिको विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्न राखिने भन्दै उनले भने, ‘राष्ट्रपतिजी के भन्नुहुन्छ ? राष्ट्रपतिको आवाज हो कि होइन ? हामी सोध्न चाहन्छौं ।’

‘नेपाल सरकारले आफ्नो भूभाग समेटेर नक्सा जारी गर्यो, नेपालको नोट हाम्रो नोट हो । धरौटी धितो राखेर छाप्छौं,’ ओलीले भने ।

उनले सरकारलाई पनि हरेक नोट र सिक्कामा अनिवार्य रुपमा नयाँ नक्सा राख्न सुझाव समेत दिए । हात्ती,गैंडा केके राख्नुपर्छ, राखौं’ उनले भने, ‘फ्रन्ट वा पृष्ठभागमा अनिवार्य रुपमा नयाँ नक्सा पनि राख्नुस् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖