• Friday 23rd of October 2026

अशोक राई नेतृत्वको जसपामा सनाखत नगर्न बाँके जिल्ला अध्यक्षको आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल बाँके जिल्ला समितिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा नै गोलबन्द रहेको जानकारी गराएको छ ।

जसपा नेपालका बाँके जिल्ला अध्यक्ष कमरुदिन राइले एक विज्ञप्ति जारी गरी सिङ्गो समिति जसपा नेपालमै रहेको जानकारी दिएका हुन् ।

अशोक राईको नेतृत्वमा जसपा नेपालबाट विभाजित भई जसपा गठन गरेपछि बाँके जिल्ला ले विज्ञप्ति जारी गरेर सो कुराको जानकारी गराएको हो ।

नवगठित जसपाका महासचिव इस्तियाक राइको गृहजिल्ला बाँके हो । वर्तमान अवस्थामा पार्टीलाई थप मजबुत र एकताबद्ध भएर पहिचान र सङ्घीयतालाई सबल बनाउनु पर्ने बताउँदै उनले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको साथै

जनता समाजवादी पार्टी, नेपालका बहुमत केन्द्रीय सदस्यहरू दलप्रति प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोगमा गई अवैधानिक निवेदनको आधारमा दल विभाजनगरेको दाबी गरेका छन् ।

अवैधानिक रूपमा दल दर्ता भएको हुँदा जसपा नेपालले केन्द्रीय समितिको निर्णय अनुसार सर्वोच्च अदालतमा कानुनी कारबाहीको लागी मुद्दा प्रक्रियामा जाने भएकोले अदालतको आदेश आफूहरूको पक्षमा आउने उनले दाबी गर्दै कसैको बहकाव, लोभ लालच एवं अन्य कुनै कारणले कुनै पनि निर्वाचित जनप्रतिनिधिले निर्वाचन आयोगमा गई सनाखत गरेको खण्डमा निर्वाचित जनप्रतिनिधिकोहरुको पद स्वतः खारेज हुने भएकाले जसपाको पक्षमा सनाखत नगर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖