• Friday 23rd of October 2026

इतिहासमा गगनले हार्न जानेका छैनन्, को-को सँग भिड्दैछन् ?


  • धनकुटा खबर
  • .

कुनै समय आफ्नै पार्टी सभापति गिरिजा प्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र सँग एकै पटक भिडेका थिए गगन थापा । देशमा माओवादी विद्रोह चरम थियो। कांग्रेसमा गणतन्त्रको कुरा गर्न वर्जित थियो ।

त्रिचन्द्र कलेज अगाडि गगनले राजतन्त्र विरुद्ध नारा लगाए । गिरिजाले प्रतिक्रिया दिए, ‘त्यो भारतले प्रयोग गरेको मान्छे हो।’ तर अन्तिममा गिरिजा प्रसाद पनि गणतन्त्रको नारा लगाउन आइपुगे। नेविसंघको महाधिवेशनमा पोखरा सभा गृहको गेटमा झन्डै मारिएका थिए गगन। त्यो ढुङ्गाको छप्पनी उनको ठाउँकोमा झन्डै झन्डै खसेको थियो।

पार्टी महामन्त्रीमा आफ्नै ससुरा सँग लडे। कांग्रेस २६ सिटमा खुम्चिएको थियो। ५० वर्ष हामीले खायौ भन्दै थिए नेकपा नेताहरू। केपी ओली नेपालको इतिहासकै शक्तिशाली प्रधानमन्त्री थिए। राष्ट्रपति उनी अनुकूल थिए। शक्ति शाली ओली सँग गगन लडे। एमसीसी यति गिजलियो की, एक होनहार युवा ‘एमसीसी नेपाल आयो भने चरा मर्छन्’ भन्दै आन्दोलनमा उत्रिएका थिए।

व्यापक अन्योल थियो, त्यस्तो अवस्थामा गगन गर्जिए, ‘कमरेडहरू संसदमा तपाईँको बहुमत छ एमसीसी नचाहिने हो भने त्यसको छिनोफानो सांसदबाट गरौँ, सडकमा रमिता नगरौँ। एमसीसीका कारण अमेरिकी सेना नेपाल आयो भने मलाई चार पाटा मुडेर थानकोट कटाउनु।’

आफ्नै पार्टी सभापति शेरबहादुर देउवा सँग लडिरहेका छन्। सँग सँगै केपी र प्रचण्ड सँग पनि लड्दै छन्। अहिले थपिएको ‘सहकारी ठगी ।’ इतिहासमा गगनले हार्न जानेका छैनन्। के त्यो इतिहास कायम रहला ?

(हाल अमेरिकामा रहेका पत्रकार विष्णुहरी घिमिरेको फेसबुकवालबाट साभार)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖