काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।
चितवनमा आज विहान पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले जीबी राईलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।
जीबी राई किन पक्राउ पर्न सकेनन् भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर यत्रो समस्या आउँदाआउँदै भगाएको किन ? भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएका हुनाले हरसम्भव कोशिश भइरहेको छ । केही प्रक्रिया पूरा गर्नुपर्छ। हामी निरन्तर कोशिशमा छौँ।’
राई भाग्दा सरकारमा को थियो भन्दै लामिछानेले प्रतिप्रश्न गरे । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरी राई फरार भएका छन्। उनी विरुद्ध रेड नोटिस समेत जारी भएको छ ।
