• Friday 23rd of October 2026

कस्ले गर्यो पोखराको एभरेस्ट बैंक तोडफोड


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा रहेको एभरेस्ट बैंक तोडफोड भएको छ । कास्की प्रहरीका अनुसार राती अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए । ‘अहिलेसम्म सिसा फुटाएको भन्ने छ । राती स्कुटरबाट आएर फुटाएको प्रारम्भिक बुझाई छ,’ उनले भने ।

बैदाम प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले फुटेज हेर्ने काम भइरहेको बताए । ‘कुन मनसायले यस्तो भयो भन्ने बुझ्दैछौं,’ उनले भने, ‘रिसिइवी पनि हुन सक्छ । सिसा फुटाए पनि लुटपाट चाहिँ भएको छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖