• Friday 23rd of October 2026

भ्रष्टाचारको आरोप लागेपछि बोले सुदन किराती


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० वैशाख । नेकपा (माओवादी केन्द्र) नेता एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूमाथि लागेको भ्रष्टाचार आरोप सत्यतथ्य छानविन गर्न माग गरेका छन् । आज (आइतबार) मन्त्रालयमा पुगेर मन्त्री हितबहादुर तामाङलाई मागपत्र बुझाउँदै छानविन समिति बनाएर आफूमाथि लागेको आरोपको सत्यतथ्य बाहिर ल्याइदिन आग्रह गरेका हुन् ।

पूर्वमन्त्री किरातीले शव दहन गर्ने मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । चार वटा मेसिन खरिदमा उनको संलग्नतामा चार करोड बढी भ्रष्टाचार भएको आरोप उनीमाथि छ ।

‘हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथजस्तो पवित्र स्थलमा पुण्यको काम गर्ने उद्देश्यले विद्युतीय उपकरणद्धारा निःशुल्क शव दहन गर्ने कार्यक्रम हाम्रो कार्यकालमा अघि बढाईएको थियो। सोही कार्यक्रमलाई लिएर यतिबेला योहो टेलिभिजनको ‘समय चक्र’ लगायतका सञ्चारमाध्यममा समाचार प्रशारित गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको छ । उठाइएका विषयको छानबिन गर्न तत्काल छानबिन समिति गठन गरी दुधको दुध, पानीको पानी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरिदिनु हुनका लागि जोडदार माग गर्दछु,’– उनले मागपत्रमा भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖