• Friday 23rd of October 2026

एमाले सरकारबाट बाहिरिने, सरकार ढल्ने निश्चित


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ । त्यसका लागि अहिले जनकपुरमा एमाले मधेस प्रदेश संसदीय दलको पदाधिकारी बैठक बसिरहेको छ ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले दलको पदाधिकारी बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए । ‘हामी अहिले दलको पदाधिकारी बैठक बसिरहेका छौ । बैठकबाट औपचारिक निर्णय गर्छौ’, यादवले भने, ‘सरकारमा नबस्ने भएपछि समर्थन कायम राख्ने कुरा पनि हुँदैन ।’

यसअघि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । मधेस प्रदेशमा जसपा नेपालका मुख्यमन्त्री छन् । एमाले र माओवादी दुवै सरकारबाट बाहिरिए मधेस प्रदेशमा जसपा नेपालको सरकार ढल्ने निश्चित छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖