• Friday 23rd of October 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारबाट समर्थन फिर्ता लिने विषयमा अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल चलिराखेको पार्टीका एक नेताले बताए ।

प्रदेशमा माओवादी र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भइसकेपछि जसपा नेपालले पनि केन्द्रमा सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यही विषयमा छलफल गर्नका लागि आज आकस्मिक बैठक बोलाएका छन् । अध्यक्ष यादवले आज माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका थिए। सरकारको विषयमा त्यहाँ कुरा नमिलेपछि उनले पार्टीको बैठक बोलाएका हुन्।

स्रोतले भन्यो– ‘सम्भवतः सरकारबाट जसपा फिर्ता हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖