• Friday 23rd of October 2026

प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो जसपा नेपाल, उपेन्द्रले भोलि राजीनामा बुझाउने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ । आज (आइतबार) बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

जसपा, नेपालका प्रचार प्रशार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले कार्यकारिणी समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बताए । ‘आज कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकमा पछिल्ला राजनीतिक घटना क्रमलाई लिएर सरकारबाट बाहिरिने निर्णय भएको हो ।

भोलिदेखि केन्द्रीय समिति बैठक पनि बस्दै छ । उक्त बैठकले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छ,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖