• Friday 23rd of October 2026

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


  • धनकुटा खबर
  • .

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत प्राप्त गरेका छन् ‌ । 

आइतबार कोसी प्रदेशसभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी गरे । 

मत विभाजनमा कार्कीले राखेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो । विपक्षमा मत कुनै मत परेन भने तटस्थमा ५ मत परेको थियो । कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिएका थिए ।

कांग्रेसले भने आजको बैठक बहिष्कार गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖