• Friday 23rd of October 2026

रविलाई सरकारबाट फिर्ता बोलाएर स्वर्णिम जोडिने तयारी, बालुवाटारमा यस्तो समझदारी


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट सभापति रवि लामिछानेलाई उपप्रधान एवम् गृहमन्त्रीबाट ब्याक हुन दबाब परेको छ । सहकारी ठगी प्रकरणमा मुछिएको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको मागसहित लगातार सदन अवरोध गरेपछि रास्वपाबाट सभापति लामिछानेमाथि मन्त्रीबाट ब्याक हुन दबाब परेको उच्च स्रोतको दाबी छ।

लामिछानेलाई ब्याक गराएर उसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेलाई गृहमन्त्रालयको नेतृत्व सुम्पिनुपर्ने भनेर रास्वपाभित्रैबाट आवाज बुलन्द हुन थालेको छ । हालै सांसद वाग्लेले बालुवाटार पुगी प्रधानमन्त्री दाहालसँग उच्चस्तरको भेटवार्ता गरेको बताईएको छ ।

प्रधानमन्त्री दाहालले सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिन टुँगो नलागेसम्म गृहमन्त्रीको जिम्मेवारीबाट अलग गराउन र उनको ठाउँमा आउनको लागि सांसद वाग्लेलाई आग्रह गरिएको बुझिएको छ । तर, वाग्लेले भने कुनै जवाफ दिन सकेका छैनन् । सत्ता गठबन्धनमा गृहमन्त्रालयको नेतृत्वमा पूनः नारायणकाजी श्रेष्ठलाई लैजान र अहिले नारायणकाजीले नेतृत्व गरेको परराष्ट्र मन्त्रालयमा भने स्वर्णिमलाई जिम्मेवारी दिनको लागि पनि दबाब बढेको छ ।

प्रधानमन्त्री दाहालले यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आजै गम्भीर छलफल गर्ने बुझिएको छ । कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अघिल्लो दिनसम्म पनि सदन अवरोधको अडानबाट ब्याक नहुने कुरा मिडियामार्फत सार्वजनिक गरिरहेको छ । भोलि जेग १ गते सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तत हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुन लागेको नीति तथा कार्यक्रममा कांग्रेसको अवरोध नहुनेमा प्रधानमन्त्री दाहाल विश्वस्त छन् । प्रधानमन्त्री दाहालले सदनको अवरोध खुलाउनको लागि मध्यमार्गी बाटो अपनाउन लागेको चर्चा हुने गरेको छ । उनले संसदीय छानबिन समिति बनाउने र गृहमन्त्रीको जिम्मेवारीबाट रविलाई अलग बनाउने र उनको ठाउँमा स्वर्णिमलाई सरकारमा भित्र्याउनेगरि छलफल चलाएका छन् ।

रास्वपाका अधिकांश नेता तथा सांसदहरुले संसदीय छानबिन समिति बनाउँदा आपत्ति नहुने र रविलाई गृहमन्त्रीको जिम्मेवारीबाट ब्याक हुनको लागि दबाब बढाएका छन् । लामिछानेले भने आफूलाई मात्रै केन्द्रित गरेर छानबिन समिति बनाईए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । तर, स्वर्णिमले पनि प्रधानमन्त्री दाहालसँग भेट गरेर सत्तारोहणको लागि मुभ गराएको सुईंको पाएपछि गृहमन्त्री लामिछाने भोकल डाउन छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖