• Saturday 24th of October 2026

कांग्रेसका भ्रातृ संस्थाले गरे सहकारी ठगीविरुद्ध आन्दोलन घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी ठगीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महिला संघले जेठ १ गते (भोलि) रत्नपार्कस्थित शान्तिवाटिका विरोध र्‍यालीको आयोजना गरेको हो ।

सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन, सहकारी समस्याको दिगो समाधान गर्न र सहकारी ठगीमा संलग्नमाथि छानबिन गरी कानुनी कारबाहीका लागि सरकारलाई दबाब दिन विरोध र्‍याली गर्न लागिएको महिला संघले जनाएको छ ।

यस्तै आजै बसेको नेपाल तरुण दलको केन्द्रीय समिति बैठकले पनि सहकारी ठगीविरुद्ध विरोध र्‍यालीको घोषणा गरेको छ । जेठ २ गते दिउँसो १२ बजे माइतीघरमण्डलाबाट नयाँ बानेश्वरसम्म सहकारी ठगीविरुद्ध विरोध र्‍याली गर्ने तरुण दलका अध्यक्ष विद्धान गुरुङले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖