• Saturday 24th of October 2026

संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ । 

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖