• Saturday 24th of October 2026

सन्दीपको पक्षमा लड्दा मलाई मात्र हैन, मेरा आमा, दिदिबहिनीलाई समेत थ्रेट दिइरहेका छन्


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका पक्षमा लिडिङ वकालत गरिरहेका अधिवक्ता सरोज घिमिरेले आफूलाई विभिन्न व्यक्ति र संस्थाहरुबाट थ्रेट आएको खुलाएका छन् ।

पत्रकार टंक पन्तसँग कुरा गर्दैै उनले सन्दीप लामिछानेको पक्षबाट मुद्दा लडेकै कारण आफूलाई मात्र हैन आफ्नी आमा, दिदिबहिनीका लागिपनि थ्रेट आएको खुलाएका हुन् ।

उनले यो मुद्दामा न्यायाधीशहरु समेत प्रभावित भएको आफ्नो कानूनी टीमले नै शंका गरिरहेको बताए । विश्वका धेरै देशमा अनेक मुद्दामा न्यायामुर्ति प्रभावित भएको देखिन्छ ।

हामीलेपनि सन्दीपको मुद्दामा त्यस्तो भएको महसुश गरेका छौं उनले भने । यद्यपी न्यायमुर्ति त्यसरी प्रभावित हुने कल्पना नै गर्न नसकिने उनले बताए ।-जनबोलीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖