• Saturday 24th of October 2026

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच छलफल


  • धनकुटा खबर
  • .

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार दुई नेताबिच भेटवार्ता भएको हो ।

दुवै नेताबिच संसद्को गतिरोध अन्त्य, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाइरहेका माग, नीति तथा कार्यक्रम लगायतका विषयहरूमा छलफल भएको जनाइएको छ ।

अध्यक्ष ओली नेपाली कांग्रेसले भनेजस्तो सहकारी प्रकरणमा रवि लामिछानेसहितलाई कारबाही हुनेगरी संसदीय छानबिन समिति नबनाउने पक्षमा छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖