बझाङ । बझाङको तलकोट गाउँपालिका–२ स्थित खोन्डामा जीप दुर्घटना भएको छ।
बझाङको कुबाबाट चैनपुरतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो।
दुर्घटनाका बेला जीपमा सवार तीनै जना सकुशल रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनाको कारण र अन्य विवरण खुल्न बाँकी छ। थप विवरण आउन बाँकी छ।