• Saturday 24th of October 2026

सभामुखलाई प्रधानमन्त्रीको फोन– कांग्रेससँग सहमति प्रयास भइरहेको छ, बैठक ढिला गरौं


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको संसद बैठक बस्नु अघि सभामुख देवराज घिमिरेसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

फोनमा प्रधानमन्त्री दाहालले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न सभामुख घिमिरेलाई आग्रह गरेका हुन् । प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिए ।

यसअघि आजकाे बैठक ११ बजे बोलाइएको थियो । प्रधानमन्त्रीको आग्रहपछि सभामुखले घिमिरेले बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖