• Saturday 24th of October 2026

ओली माथि कोइरालाले लगाए यस्तो गम्भिर आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्‍याउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी निकट वुद्धिजीविहरुको संगठन प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ (३), धारा ७६ (५) हुँदै प्रतिनिधिसभा विघटनसम्म पुर्‍याउन खोजेको बताएका हुन् ।

‘एमाले ७६(३) धारा उपधारामा जान खोजिरहेको छ, प्रचण्डजीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ ३ मा गइसकेपछि (ओली) कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न’ उनले भने ।

संविधानको धारा ७६ (३) मा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ । तर उनले विश्वासको मत लिन नसकेमा धारा ७६ (५) अनुसार सरकार गठन हुन्छ, जसमा प्रतिनिधिसभामा विश्वासको मत लिन सक्ने कुनै संसद सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ ।

‘धारा ७६ (३) पछि ५ मा जान्छ, उहाँले संसद विघटन गरिकन दुई अढाइ वर्ष पहिले संसद विघटन गरेको पुष्टि गर्न उहाँ उद्धत हुनुहुन्छ, यसमा कुनै शंका गरिरहनुपर्दैन’, कोइरालाले भने ।

अब कांग्रेसले यसलाई रोक्न लाग्नुपर्ने उनले बताए । नेता कोइरालाले संघीय सरकार र प्रदेश सरकारको धेरै कमजोर भएका कारण न्यायिक सक्रियता बढेको बताएका छन् । अति न्यायिक सक्रियता संविधानका लागि पनि घातक हुने उनले बताए ।

‘प्रदेश र संघका सरकार यति कमजोर भएछौं, त्यसले जुडिसियल एक्टिभिजम यति धेरै बढेको छ, त्यसको हिसाब किताब छैन’, उनले भने, ‘जुडिसियल एक्टिभिजमले संविधानलाई केयर गर्दैन, त्यतातिर पनि ध्यान दिएर अगाडि जानुपर्छ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖