संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक शुरू भएको छ । प्रतिनिधि सभा बैठकअघि शुक्रबार बिहान नेपाली कांग्रेससहितका विपक्षी दलहरूको बैठक बानेश्वरमा शुरू भएको हो । बैठकले संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने कांग्रेसका एक नेताले बताए ।
कांग्रेसहित विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।
उनीहरूले छानबिन समिति माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएका छन् ।संसद् बैठक आजै बस्दै छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।
