• Sunday 25th of October 2026

एनपीएलको विजेताले १ करोड ५० लाख पाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी गराएका हुन् ।

घोषित पुरस्कारअनुसार एनपीएलको विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

एनपीएल भोलिदेखि सुरु हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖