काठमाडौँ । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् ।
उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनले यस सिजन विराटनगर किङ्सबाट खेल्नेछन् ।
विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावशाली बलिङका लागि परिचित रसेललाई विराटनगर किङ्सले अनुबन्ध गरेको हो । टोलीले यसअघि नै सामाजिक सञ्जालमार्फत रसेललाई स्वागत गर्दै उनी एनपीएल खेल्न आउने जानकारी दिएको थियो ।
विराटनगरले रसेललाई भित्र्याएसँगै टोलीको ब्याटिङ र बलिङ दुवै पक्षमा अनुभव थपिएको छ । रसेल विशेष गरी टी–२० क्रिकेटमा ठुला सट खेल्ने र तीव्र गतिमा रन बनाउने क्षमताका कारण चर्चित छन् । उनी आवश्यक परेको अवस्थामा बलिङबाट पनि खेलमा प्रभाव पार्न सक्छन् ।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
