• Thursday 8th of October 2026

बिग बोस १७ का विजेता मुनव्वर फारुकी फेरि अस्पतालमा भर्ना


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । बिग बोस १७ का विजेता तथा भारतीय स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी फेरि अस्पतालमा भर्ना भएका छन् । मुनव्वरका साथीले इन्ष्टाग्राममा एउटा पोष्ट शेयर गरेका छन् ।

पोष्टमा मुनव्वर अस्पतालको बेडमा सुतिरहेको देखिन्छन् । तस्वीर मुनव्वरका साथथी नितिन मेघानीले शेयर गरेका हुन् ।

फोटोमा कमेडियनको हातमा सलाइन पानी चढाइरहेको देखिन्छ । मे २४ मा उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । मुनव्वरलाई के भएको भन्ने चाहिँ खुलासा भएको छैन । गएको महीना पनि मुनव्वर अस्पताल पुगेका थिए । पेटमा इन्फेक्शनका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

त्यतिबेला उनी आफैँले अस्पतालको बेडबाट फोटो शेयर गरेका थिए । यो वर्ष शुरु भएदेखि नै मुनव्वर विवादमा घेरिरहेका छन् । मार्चमा हुक्काबारमा छापा मार्ने क्रममा उनलाई प्रहरीले समातेका थिए ।

कामको कुरा गर्नु पर्दा मुनव्वर हालै हिना खानको साथमा ‘हल्की हल्की सी’ म्युजिक भिडियोमा देखिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖