• Sunday 25th of October 2026

उपेन्द्र र महन्थ देउवासँग छलफल गर्न बूढानीलकण्ठमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रित दलका नेताहरूलाई बैठकका लागि बोलाएका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पुगेका छन् ।

देउवाले मधेश प्रदेश सरकारका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ । लोकतान्त्रिक समाजवादीका नेता सुरेन्द्र झाले कांग्रेस सभापतिले बैठकमा बोलाएको जानकारी दिए । मधेशमा सरकार गठन र केन्द्रमा विपक्षी दलहरू सहकार्य गर्नेबारे छलफल हुने उनले बताए ।

मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत भने लिएका छैनन् ।

यादव जसपा नेपालबाट मुख्यमन्त्री बनेका हुन् । संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेशमा अल्पमतमा परेको छ ।

मधेशमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि लागि ५४ सांसद आवश्यक पर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖