• Sunday 25th of October 2026

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२ औँ अधिवेशनमा भाग लिन र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम स्वीकृत गरेको छ । यस्तै बैठकले वन दोस्रो संशोधन नियमावली २०२१ स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माका अनुसार तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖