• Sunday 25th of October 2026

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किएका थिए ।

घटनामा दुवै सवारी साधनका चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

स्कुटर चालक काठमाडौंको साखु घर भएका २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।

यता, मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी सुवेदीले बताए ।दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖